fbpx

नि:शुल्क अंग्रेजी पाठहरुद्वारा उत्तम शरुवात पाउनु होस्

वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम)

सेवाहरु, काम, अध्ययनमा पहुँच गर्नमा सहायता लिन, र अस्टेलियामा जीवनको आनन्द उठाउन व्यवहारिक अंग्रेजी सिक्नु होस् |

  • ५१० घण्टा सम्मको नि:शुल्क अंग्रेजी पाठहरु
  • अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न अंग्रेजी सिख्नु होस्
  • सरकारी र सामुदायिक सेवाहरुको बारेमा पत्ता लगाउनु होस्
  • असिमित घण्टाको निःशुल्क अंग्रेजी पाठहरू
  • अध्ययन गर्दा नयाँ साथीहरु बनाउनु होस्
  • अस्ट्रेलियामा आफ्नो भविष्यको योजना बनाउनु होस्
  • पात्रता मापदण्ड (एलिजिबिलिटि क्राइटेरिया) लागू हुन्छ *

STEPS का साथ आफ्नो नि:शुल्क अंग्रेजी पाठहरु शुरु गर्न आजै हामीलाई जानकारीको लागि १३०० ५८५ ८६८ मा कल गर्नु होस् |

अनुबादन सेवाहरुका लागि ट्रांस्लेटिंग एण्ड इन्टरप्रेटिङ्ग सर्विस (TIS नेशनल) लाई फोन गर्नु भन्दा अघि १३१ ४५० मा कल गर्नु होस्

लचिलो (फ्लेक्सिबल) कक्षा समय

STEPS ले केसुरिना र पामर्सटनमा लचिलो कक्षा समयहरु उपलब्ध गराउँदै छ – नक्शा हेर्नु होस्

तपाईको परिवार, काम, अथवा अन्य पढाईको प्रतिबद्धताहरु संग तालमेल गर्न STEPS ले लचिलो कक्षा समय प्रदान गर्दछ | तपाईसंग दिनको समयमा अथवा रातमा कक्षा लिने विकल्प छ, तपाईलाई उचित लाग्ने कुनै पनि दिन अथवा समय |

दिनका कक्षाहरु: मंगलबार, बुधबार, बिहिबार अथवा शुक्रबार, ८:४५ बजे बिहान – ३:१५ बजे दिउँसो
रात्री कक्षाहरु: मंगलबार, बुधबार, अथवा बिहिबार, ६ बजे साँझ – ९ बजे राती

वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम) के हो ?

वयस्क प्रवासी अंग्रेजी कार्यक्रम अष्ट्रेलियन सरकारद्वारा अनुदान दिइएको छ र योग्य प्रवासी र मानवीयताको हिसाबले प्रवेश गर्नेहरूको लागि निःशुल्क असमित घण्टाको अंग्रेजी पाठहरू प्रदान गर्दछ। यदि तपाईंसँग स्थायी भिसा अथवा योग्य अस्थायी भिसा छ र अलि अलि अंग्रेजी बोल्न सक्नुहुन्छ वा पटक्कै बोल्न सक्नुहुन्न भने, तपाईं AMEP को लागि योग्य हुनु हुन्छ। १५ देखि १७ वर्षका केहि प्रवासी युवक/युवतीहरु यसका लागि योग्य हुन सक्छन्। वयस्क प्रप्रवासी अंग्रेजी कार्यक्रमको नि:शुल्क अंग्रेजी पाठहरुका लागि तपाई योग्य हुनहुन्छ कि भनेर पत्ता लगाउनुहोस्।

मैले के सिक्ने छु?

तपाईको AMEP कक्षाहरुमा तपाईले अंग्रेजी भाषा कौशलहरु सिक्नु हुनेछ जसले तपाईलाई अस्ट्रेलियामा समान पृष्ठभूमि, अनुभबहरु र लक्षहरु भएका व्यक्तिहरुसंग सफलतापुर्बक बसोबास गर्न सहायता गर्ने छ | तपाईले अस्ट्रेलियाई मूल्यहरू, संस्कृती र कानून, र विविध विषय बस्तुहरु बारे जान्नु हुने छ जसले तपाईलाई अस्ट्रेलियामा काम गर्न, अध्ययन गर्न र जीवनको आनन्द उठाउनमा सजिलो हुनेछ | यसमा यी बिषय बस्तुहरु सम्मिलित छन्:

  • जीवन कौशलहरु, संस्कृती, परिवार र साथीहरुमा भएको क्षति
  • स्वास्थ्य र सुरक्षा
  • पैसा र बैंकिंग प्रबन्धन गर्ने
  • सार्वजनिक यातायात र वाहन चालन
  • बालबालिका रेखदेख र शैक्षिक प्रणाली
  • चिकित्सा प्रणाली र सेवाहरु
  • कानून र कानूनी व्यवस्थाहरु
amep-logo

1300 585 868

Start typing and press Enter to search