fbpx

बच्चाको नि:शुल्क रेखदेख

के तपाईलाई वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम AMEP) का कक्षाहरुमा उपस्थित हुनको लागि बच्चाको रेखदेखको आवश्यकता छ ? तपाईको कक्षा समयको दौरान यदि तपाईको बच्चा बिद्यालय जाने उमेर भन्दा मुनिका भए नि:शुल्क बच्चाको रेखदेख उपलब्ध छ |

जब तपाई हामीसंग भेट्नु हुने छ तब हामी तपाईसंग उपयुक्त बच्चा रेखदेख विकल्पहरुको बारेमा छलफल गर्ने छौं ताकि तपाई आफ्नो पढाईबाट धेरै भन्दा धेरै लाभ उठाउन सकोस् |

घर मै शिक्षण

आफ्नै घरमा आएर गृह शिक्षकहरुले तपाईलाई अतिरिक्त शिक्षण सहायता उपलब्ध गराउन सक्दछ | गृह शिक्षक सहायता नि:शुल्क छ र तपाईको भाषा कौशललाई सुधार्नमा सहायता गर्न एक शिक्षक संग एक बिद्यार्थी दिन सक्दछ | तपाईको शिक्षण आवश्यकताहरुको आधारमा हामी तपाईलाई उपयुक्त शिक्षकसंग भेटाउने छौं |

सेटलमेन्ट लेंगुएज पाथ्वेज टु इम्प्लोयमेन्ट एंड ट्रेनिङ्ग (SLPET)

अस्ट्रेलियामा काम परिवर्तन गर्नमा सहायता गर्न, तपाई सेटलमेन्ट लेंगुएज पाथ्वेज टु इम्प्लोयमेन्ट एंड ट्रेनिङ्ग (SLPET) कार्यक्रमको लागि योग्य हुन सक्छ | यस कार्यक्रमले अंग्रेजी भाषा शिक्षणको लागि २०० अतिरिक्त घण्टाहरु प्रदान गर्दछ जुन रोजगारको लागि अंग्रेजी भाषा कौशल माथि केन्द्रित छ | अस्ट्रेलियाई कार्यस्थल शिष्टता र कार्यविधिहरुको राम्रो समझ प्राप्त गर्नमा मद्दतको लागि विभिन्न क्षेत्रहरुमा ८० घण्टा सम्मको कार्य अनुभब स्थापन पनि SLPET मा सम्मिलित छ |

विशेष तयारी कार्यक्रम

स्पेशल प्रिपरेटरी प्रोग्राम (विशेष तयारी कार्यक्रम) ले उपयुक्त मानवीय ग्राहकहरुलाई उनीहरुको शिक्षण जरुरतहरु र अप्ठ्यारो प्रबास पूर्वका अनुभबहरु, जस्तै यातना अथवा मानसिक आघात, र/अथवा सिमित पूर्व पढाई लेखाई, बाट उत्पन्न सहायताको आवश्यकतालाई पहिचान गरी ४०० घण्टा सम्मको थप तदानुकूल अंग्रेजी कक्षाहरु प्रदान गर्दछ |

१८ बर्ष भन्दा मुनिहरुका लागि कक्षाहरु

१५ देखि १७ बर्ष बीचका प्रबासीहरु र मानवीय प्रवेशकर्ताहरु, जसमा कार्यात्मक अंग्रेजी छैन र जसको आवश्यकताहरु मुख्य-धाराका बिद्यालयहरुबाट पूर्ति भएको छैन, उनीहरु पनि यस कार्यक्रममा सहभागी हुन योग्य हुन सक्दछ | सहभागिता सामान्यत मामला प्रति मामला को आधारमा निर्धारित गरिन्छ, जसमा व्यक्तिगत परिस्थितिहरु र स्थानिय बिद्यालयहरु संगको परामर्शहरु माथि विचार गरिन्छ |

यदि तपाई हाम्रा अतिरिक्त सेवाहरुको बारेमा थप जानकारी लिन चाहनु हुन्छ भने १३०० ५८५ ८६८ मा हामीलाई कल गर्नु होस् |

Start typing and press Enter to search