Call 1300 131 965 today
FREE English Lessons
for more than 5 years?
You may be eligible for AMEP
नि:शुल्क अंग्रेजी पाठहरुद्वारा उत्तम शरुवात पाउनु होस्
वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम)
सेवाहरु, काम, अध्ययनमा पहुँच गर्नमा सहायता लिन, र अस्टेलियामा जीवनको आनन्द उठाउन व्यवहारिक अंग्रेजी सिक्नु होस् |
- ५१० घण्टा सम्मको नि:शुल्क अंग्रेजी पाठहरु
- अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न अंग्रेजी सिख्नु होस्
- सरकारी र सामुदायिक सेवाहरुको बारेमा पत्ता लगाउनु होस्
- असिमित घण्टाको निःशुल्क अंग्रेजी पाठहरू
- अध्ययन गर्दा नयाँ साथीहरु बनाउनु होस्
- अस्ट्रेलियामा आफ्नो भविष्यको योजना बनाउनु होस्
- पात्रता मापदण्ड (एलिजिबिलिटि क्राइटेरिया) लागू हुन्छ *
लचिलो (फ्लेक्सिबल) कक्षा समय
STEPS ले केसुरिना र पामर्सटनमा लचिलो कक्षा समयहरु उपलब्ध गराउँदै छ – नक्शा हेर्नु होस्
तपाईको परिवार, काम, अथवा अन्य पढाईको प्रतिबद्धताहरु संग तालमेल गर्न STEPS ले लचिलो कक्षा समय प्रदान गर्दछ | तपाईसंग दिनको समयमा अथवा रातमा कक्षा लिने विकल्प छ, तपाईलाई उचित लाग्ने कुनै पनि दिन अथवा समय |
दिनका कक्षाहरु: मंगलबार, बुधबार, बिहिबार अथवा शुक्रबार, ८:४५ बजे बिहान – ३:१५ बजे दिउँसो
रात्री कक्षाहरु: मंगलबार, बुधबार, अथवा बिहिबार, ६ बजे साँझ – ९ बजे राती
वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम) के हो ?
वयस्क प्रवासी अंग्रेजी कार्यक्रम अष्ट्रेलियन सरकारद्वारा अनुदान दिइएको छ र योग्य प्रवासी र मानवीयताको हिसाबले प्रवेश गर्नेहरूको लागि निःशुल्क असमित घण्टाको अंग्रेजी पाठहरू प्रदान गर्दछ। यदि तपाईंसँग स्थायी भिसा अथवा योग्य अस्थायी भिसा छ र अलि अलि अंग्रेजी बोल्न सक्नुहुन्छ वा पटक्कै बोल्न सक्नुहुन्न भने, तपाईं AMEP को लागि योग्य हुनु हुन्छ। १५ देखि १७ वर्षका केहि प्रवासी युवक/युवतीहरु यसका लागि योग्य हुन सक्छन्। वयस्क प्रप्रवासी अंग्रेजी कार्यक्रमको नि:शुल्क अंग्रेजी पाठहरुका लागि तपाई योग्य हुनहुन्छ कि भनेर पत्ता लगाउनुहोस्।
मैले के सिक्ने छु?
तपाईको AMEP कक्षाहरुमा तपाईले अंग्रेजी भाषा कौशलहरु सिक्नु हुनेछ जसले तपाईलाई अस्ट्रेलियामा समान पृष्ठभूमि, अनुभबहरु र लक्षहरु भएका व्यक्तिहरुसंग सफलतापुर्बक बसोबास गर्न सहायता गर्ने छ | तपाईले अस्ट्रेलियाई मूल्यहरू, संस्कृती र कानून, र विविध विषय बस्तुहरु बारे जान्नु हुने छ जसले तपाईलाई अस्ट्रेलियामा काम गर्न, अध्ययन गर्न र जीवनको आनन्द उठाउनमा सजिलो हुनेछ | यसमा यी बिषय बस्तुहरु सम्मिलित छन्:
- जीवन कौशलहरु, संस्कृती, परिवार र साथीहरुमा भएको क्षति
- स्वास्थ्य र सुरक्षा
- पैसा र बैंकिंग प्रबन्धन गर्ने
- सार्वजनिक यातायात र वाहन चालन
- बालबालिका रेखदेख र शैक्षिक प्रणाली
- चिकित्सा प्रणाली र सेवाहरु
- कानून र कानूनी व्यवस्थाहरु
कामको लागि तयार छोटो कोर्स
के तपाईं काम खोज्दै हुनुहुन्छ? AMEP का विद्यार्थीहरू STEPS को ‘रेडी फर वर्क’ छोटो कोर्समा भाग लिन योग्य हुन सक्छन्।
विगत १२ महिनामा AMEP मा भाग लिएका विद्यार्थीहरूका लागि
रेडी फर वर्क छोटो कोर्सले तपाईंलाई निम्न कुराहरू सिक्न मद्दत गर्नेछ:
- बायोडाटा र जागिर आवेदन कसरी लेख्ने
- काम कसरी खोज्ने
- जागिर अन्तर्वार्ताको लागि कसरी तयारी गर्ने
- अस्ट्रेलियाली कार्यस्थलहरूमा प्रयोग हुने भाषा
- कार्यस्थल स्वास्थ्य र सुरक्षा नियमहरू
अझ महत्त्वपूर्ण कुरा, यस कोर्समा स्थानीय कार्यस्थलमा दुई देखि तीन हप्ताको कार्य अनुभव समावेश छ!
.png)

