कसरी भर्ना लिने

यदि तपाई योग्य हुनुहुन्छ कि हुन्न पत्ता लगाउनु होस् | तपाई आफ्नो योग्यता अनलाइन हेर्न सक्नु हुन्छ अथवा १३०० १३१ ९६५ मा कल गर्नु होस् |

हामीसंग दर्ता गर्नु होस् र आफ्नो अंग्रेजी भाषा मुल्यांकन बुक (सुरक्षित) गर्नु होस् | हामी सबैभन्दा उपयुक्त कक्षाको साथ साथ तपाईलाई आवश्यक कुनै पनि सहायताको बारेमा छलफल गर्ने छौं | हामीलाई १३०० १३१ ९६५ मा सम्पर्क गर्नु होस् अथवा हाम्रो कुनै एक स्थानमा भेट गर्नु होस् |

आफ्नो नि:शुल्क अंग्रेजी कक्षा सुरु गर्नु होस्

बैठकमा के के ल्याउने

कृपया आफ्नो पासपोर्ट र यात्रा कागजपत्रहरु ल्याउनु होस्

अनुबादन सहायता

हामी तपाईलाई बैठक र अंग्रेजी भाषा मुल्यांकनमा सहायता गर्न नि:शुल्क टेलिफोन अनुवादकको व्यवस्था गर्ने छौं | यदि तपाई आफूले चिनेको कसैलाई ल्याउन चाहनु हुन्छ भने त्यो पनि स्वीकार्य रहने छ |

कसरी भर्ना गर्ने बारे थप जानकारी चाहिएमा १३०० १३१ ९६५ मा हामीलाई कल गर्नु होस् अथवा नजिकैको AMEP ठेगानामा भेट गर्नु होस्

अनुबादन सेवाहरुका लागि फोन गर्नु अघि १३१ ४५० मा ट्रान्सलेटिङ्ग एंड इन्टरप्रेटिङ्ग सर्विस (TIS नेशनल) लाई कल गर्नु होस्

Start typing and press Enter to search