fbpx

वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम) मा फेरबदल

जुलाई २०१७ मा अस्ट्रेलियाई सरकारले वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम AMEP) मा अध्ययन गर्ने बिद्यार्थीहरुको मुल्यांकन गर्ने तरिकामा फेरबदल गरेको छ | बिद्यार्थीहरु जसलाई सर्टिफिकेट अफ स्पोकेन एंड रिटेन इन्ग्लिश (CSWE) अन्तर्गत मुल्यांकन गरिन्थ्यो अब उनीहरुलाई अस्ट्रेलियन कोर स्किल्स फ्रेमवर्क (ACSF) अन्तर्गत मुल्यांकन गरिने छ |

अस्ट्रेलियन कोर स्किल्स फ्रेमवर्क (अस्ट्रेलियाई मुलभूत कौशल खाका) के हो ?

अस्ट्रेलियन कोर स्किल्स फ्रेमवर्क (अस्ट्रेलियाई मुलभूत कौशल खाका), अथवा ACSF ले, तपाईको शिक्षण, बाचन, लेखन, मौखिक बोलीचाली र गणना दक्षताहरुको स्तरलाई नाप्दछ | हामीले यसलाई तपाईको अंग्रेजी भाषा दक्षताको स्तरलाई नाप्न, र रोजगार प्राप्त गर्ने र कार्यस्थलमा सफल हुने क्षमताको पनि मुल्यांकन गर्न प्रयोग गर्दछौं |

अस्ट्रेलियन कोर स्किल्स फ्रेमवर्क (अस्ट्रेलियाई मुलभूत कौशल खाका) का फाइदाहरु

अस्टेलियाई व्यवसायिक शिक्षा अन्तर्गत ACSF सबैभन्दा बढी मान्यता प्राप्त मूलभूत कौशल खाका हो, र जब भविष्यमा अध्ययन अथवा प्रशिक्षण, अथवा रोजगारको लागि आवेदन भर्दा तपाईलाई प्राय यसै अनुरुप नापिने छ | AMEP का बिद्यार्थीहरुको मुल्यांकनलाई ACSF अन्तर्गत परिवर्तन गर्दा यसले प्रशिक्षण, शिक्षा र रोजगार अवसरहरुको व्यापक क्षेत्रमा बिद्यार्थीको पहुँचलाई सुद्ध्रिढ गर्ने छ |

यस परिवर्तनले मलाई कसरी प्रभाव पार्ने छ ?

वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम) का बिद्यार्थीहरु जसले आफ्नो पढाई जुलाई २०१७ भन्दा पहिले शुरु गरे, र जसलाई सर्टिफिकेट अफ स्पोकेन एंड रिटेन इन्ग्लिश (CSWE) अन्तर्गत मुल्यांकन गरिन्थ्यो, अब उनीहरुलाई अस्ट्रेलियन कोर स्किल्स फ्रेमवर्क (ACSF) अन्तर्गत मुल्यांकन गरिने छ | तपाईले CSWE अन्तर्गत पुरा गरी सक्नु भएको पढाईलाई मान्यता दिइने छ र तपाईको पढाईलाई अस्ट्रेलियन कोर स्किल्स फ्रेमवर्क तर्फ परिवर्तन गर्न केन्द्रित रहने छ |

बिद्यार्थीहरु जसले वयस्क प्रबासी अंग्रेजी कार्यक्रम (अडल्ट माइग्रेन्ट इन्ग्लिश प्रोग्राम) मा आफ्नो पढाई जुलाई २०१७ भन्दा पछि गर्दै आउनु भएको छ, तपाईहरुको मुल्यांकन स्वत: ACSF अन्तर्गत हुने छ |

प्रश्नहरु छन्?

यी परिबर्तनहरुका बारेमा थप जानकारीको लागि हामीलाई amep@stepsgroup.com.au मा ईमेल अथवा १३०० ५८५ ८६८ मा फोन गर्नु होस् | अनुबादन सेवाहरुका लागि ट्रान्स्लेटिङ्ग एंड इन्टरप्रेटिंग सर्भिसेस (TIS नेशनल) लाई फोन गर्नु अघि १३१ ४५० मा कल गर्नु होस् |

Start typing and press Enter to search