fbpx

STEPS ग्रुप अस्ट्रेलिया (STEPS) अवसरहरु प्रदान गरेर परिवर्तन ल्याउनमा प्रतिबद्ध एउटा गैर-मुनाफा संस्था हो |

ग्राहकहरुको जरुरतहरुको पूर्ति गर्न र लागू रहने बैधानिक, नियामक र अनुबंधीय आवश्यकताहरुको पूर्ति गर्न STEPS निरन्तर रूपले सेवाहरु प्रदान गर्दछ | यसलाई प्राप्त गर्न, STEPS ले एकीकृत प्रबन्धन प्रणालीको बिकास गरेको छ जसले ISO 9001:2008 क्वालिटी मेनेजमेन्ट सिस्टम (गुणस्तर प्रबन्धन प्रणाली); AS/NZS 4801:2001 हेल्थ एन्ड सेफ्टी मेनेजमेन्ट सिस्टम (स्वास्थ्य र सुरक्षा प्रबन्धन प्रणाली); AS/NZS ISO 14001:2004 इन्भाइरोमेन्ट मेनेजमेन्ट सिस्टम्स (पर्यावरण प्रबन्धन प्रणाली); नेशनल स्टेण्डर्ड्स फर डिसबिलिटी सर्भिसेस (अपाङ्ग सेवाहरुका लागि राष्ट्रिय मापदण्डहरु NSDS); द ह्युमन सर्भिसेस क्वालिटी फ्रेमवर्क (मानवीय सेवाहरु गुणस्तर ढाँचा HSQF); र स्टेण्डर्ड्स फर रेजिस्टर्ड ट्रेनिङ्ग अर्गनाइजेशन्स (पंजीकृत प्रशिक्षण संगठनहरुका लागि मापदण्डहरु (RTOs) संग अनुपालना गर्ने प्रयास गर्दछ |

STEPS ले बुझ्दछ कि अन्तत: गुणस्तर ग्राहकहरुद्वारा नै निर्धारित हुन्छ, त्यसै ले, हामी सल्लाह सुझाव लिन प्रोत्साहन दिन्छौं, जसमा प्रशंसा, सरोकारहरु, सुझावहरु र उजूरीहरु सम्मिलित छन्, जुन सबैले सुधार गर्ने अवसर प्रदान गर्दछ | ग्राहकको आवश्यकताहरुको पूर्ति गर्ने सेवाहरुलाई प्राप्त गर्न र निर्बाह गर्नको लागि सल्लाह सुझाब, जानकारीको रेकर्ड (अभिलेख), सल्लाह सुझाबको जवाब दिनु र उजूरीहरुलाई समाधान कसरी गरिन्छ भन्ने कुराहरु ग्राहकहरुलाई सूचित गर्नु जरूरी छ |

STEPS ले यस नीतिलाई कार्यान्वयन गर्न सुनिश्चित गर्ने छ:

  1. ग्राहकहरु र साझेदारहरुलाई सल्लाह सुझाब र उजूरीहरु गर्नमा प्रोत्साहन गर्न | यसलाई लिखितमा गर्न सकिन्छ:
  2. सल्लाह सुझाब फारम |
  3. ईमेल मार्फत cso@stepsgroup.com.au मा
  4. STEPS को वेबसाइटमा रहेको ‘हामीलाई सम्पर्क गर्नु होस्’ मार्फत
  5. चिट्ठी मार्फत

मौखिक सल्लाह सुझाब दिन सकिने छ:

  1. कर्मचारी सदस्यसंग साम्मुने बसेर
  2. प्रबन्धक अथवा संयोजकसंग फोन मार्फत कल
  3. STEPS ग्राहक सेवा अधिकारीलाई ०७ ५४५८ ३००० मा कल गरेर
  4. सल्लाह सुझाब र उजूरीहरु निरन्तर सुधार गतिबिधिहरुको प्राथमिक संचालक हो भनि बुझ्नु होस् जसले हाम्रा सेवाहरुलाई हाम्रा ग्राहकहरुको आवश्यकताहरुको पूर्ति गर्नमा सक्षम बनाउछ |
  5. सुनिश्चित गर्नु होस् कि सबै कर्मचारीहरुले यस प्रक्रियालाई बुझ्दछ र निष्पक्ष, शिघ्र र गोपनीय ढंगले काम गर्दछ जसले सुधारमा ध्यान केन्द्रित छ र कुनै दण्डात्मक कार्य गर्ने छैन भनि ग्राहकलाई आश्वासन प्रदान गर्दछ |
  6. सल्लाह सुझाब र उजूरीहरुको पहिचान र रेकर्ड (अभिलेख) राख्न सबै कर्मचारीहरुलाई जानकारी र मार्गदर्शन प्रदान गरेर सल्लाह सुझाब र उजूरीहरुको प्रभावकारी प्रबन्धन सुनिश्चित गर्नु होस् |
  7. नियम अथवा अनुबन्ध अन्तर्गत आवश्यक भए अनुसार ग्राहकहरुलाई बाह्य उजूरी समाधान एजेन्सी (संस्था) हरुको बारे मा जानकारी प्रदान गर्नु होस् |
  8. प्राय सबै उजूरीहरु प्राप्त भएको दस (१०) कार्य दिनहरु भित्र, निष्पक्ष, शिघ्र र गोपनीय ढंगले कारबाही गर्नु होस् | यदि अधिक समयावधिको आवश्यकता भए, ग्राहक र साझेदारलाई सूचित गर्नु होस् |
  9. सल्लाह सुझाब र उजूरीहरुको प्रभावकारी प्रबन्धन सुनिश्चित गर्न र निरन्तर सुधारलाई प्रोत्साहन गर्न सल्लाह सुझाब र उजूरीहरुको नाप योग्य लक्षहरु स्थापित गर्नु होस् |

Start typing and press Enter to search