fbpx

के AMEP मेरो लागि सहि कार्यक्रम हो ?

सबै १८ वर्षिय अथवा त्यस भन्दा माथिका उपयुक्त स्थाई भिसा धारकहरु जसमा अंग्रेजी भाषा निपुणताको कार्यात्मक स्तर छैन, उनीहरु सबैका लागि AMEP उपलब्ध छ |

बैधानिक कागजपत्र, इन्ग्लिश कोर्सेस फर होल्डर्स अफ सर्टेन टेम्पररी भिसास (निश्चित अस्थाई भिसा धारकहरुका लागि अंग्रेजी पाठ्यक्रमहरु) मा उल्लेख भए अनुसार पहुँच (प्रवेश) केहि अस्थाई भिसा धारकलाई दिइएको छ | अस्थाई भिसा कक्षाहरुमा यी सम्मिलित छन्:

  • Bridging F (Class WF)
  • Business Skills (Provisional) (Class UR)
  • Business Skills (Provisional) (Class EB)
  • Interdependency (Provisional) (Class UG)
  • Partner (Provisional) (Class UF)
  • Partner (Temporary) (Class UK)
  • Resolution of Status (Temporary) (Class UH)
  • Safe Haven Enterprise (Class XE)
  • Skilled—Designated Area-sponsored (Provisional) (Class UZ)
  • Skilled—Independent Regional (Provisional) (Class UX)
  • Skilled—Regional Sponsored (subclass 475)
  • Skilled—Regional Sponsored (subclass 487)
  • Skilled—Regional Sponsored (subclass 489)
  • Temporary (Humanitarian Concern) (Class UO); and
  • Temporary Protection (Class XD).

१८ बर्ष भन्दा मुनि

१५ देखि १७ बर्ष बीचका प्रबासीहरु र मानवीय प्रवेशकर्ताहरु, जसमा कार्यात्मक अंग्रेजी छैन र जसको आवश्यकताहरु मुख्य-धाराका बिद्यालयहरुबाट पूर्ति भएको छैन, उनीहरु पनि यस कार्यक्रममा सहभागी हुन योग्य हुन सक्दछ |

सहभागिता सामान्यत मामला प्रति मामला अनुरुप निर्धारित गरिन्छ, जसमा व्यक्तिगत परिस्थितिहरु र स्थानिय बिद्यालयहरु संगको परामर्शहरु माथि विचार गरिन्छ |

समय सीमा

कार्यक्रममा सहभागी हुन, उपयुक्त भिसा धारकहरुले दर्ता, सुरुवात र समापन गर्नको लागि बैधानिक समयावधिको पालना गर्नु पर्दछ | निम्न लिखित समय सीमाहरु सम्भावित ग्राहकको उपयुक्त भिसा प्रभावमा आएको मिति देखि अथवा जुन मितिमा उनीहरु अस्ट्रेलिया भित्रिए,  जुनसुकै पछिल्लो भए, त्यहाँ बाट लागू हुन्छ |

१८ बर्ष र माथि

  • छ महिना भित्र दर्ता गर्नु होस्
  • १२ महिना भित्र शिक्षण सुरु गर्नु होस्
  • पाँच वर्ष भित्र शिक्षण पुरा गर्नु होस्

१८ बर्ष मुनि

  • १२ महिना भित्र दर्ता र शिक्षण सुरु गर्नु होस्
  • पाँच वर्ष भित्र शिक्षण पुरा गर्नु होस्

कार्यात्मक अंग्रेजी

वैधानिक समय सीमाको साथ साथ, उपयुक्त भिसा धारकलाई वैधानिक कगाजपत्र ‘प्रसिजर ओर स्टेन्डर्ड फर फंशनल इंग्लिश (कार्यात्मक अंग्रेजीका लागि प्रक्रियाहरु अथवा मापदण्डहरु)’ मा उल्लेखित अनुसार अंग्रेजीको स्तर ‘आधारभूत सामाजिक निपुणता’ भन्दा तल भएको मुल्यांकन (कुनै योग्य कर्मचारी द्वारा) गरिनु पनि आवश्यक छ |

यदि तपाई नि:शुल्क अंग्रेजी कक्षाको लागि योग्य हुनु हुन्छ भनी निश्चित हुनु हुन्न भने हामीलाई १३०० ५८५ ८६८ मा कल गर्नु होस् |

Start typing and press Enter to search